नाइट बसका ड्राइभर: पहिला कमाउँथे महिनाको तीस हजार, अहिले दुई छाक खान ऋण

सेतोपाटी

काठमाडौं

दिपकजंग शाही

चैत ११ लकडाउन भएयता मानिसहरूले धेरै थोक गुमाएका छन्। धेरैले गुमाएको मध्ये हो, गरिआएको काम हो।  बन्द भएका धेरै कुरा साउन ७ गतेदेखि खुलेका छन् तर लामो दूरीका बस अझै चलेका छैनन्। बस नचलेपछि कुनै बेला स्टेरिङ घुमाउँदै, हर्न बजाउँदै महिनाको ३०-३५ हजार कमाउने ड्राइभर घरमै बसिरहेका छन्।  

तिनैमध्ये एक हुन्  सुर्खेत वीरेन्द्रनगरका अनिल बिक। उनले बैंकबाट ऋण लिएर घर बनाएका छन्। आफ्नो कमाइकै भरमा ऋण लिएर घर बनाएका बिकलाई बैंकबाट यो बेला पनि किस्ता तिर्न बारम्बार फोन आइरहन्छ।

केही दिनअघि छिमेकीबाट ऋण मागेरै उनले दुई महिनाको २८ हजार रुपैयाँ बैंकमा किस्ता तिरेका छन्। बाँकी पैसा भएपछि तिर्ने उनले बताए।

प्रकाशित मिति: : 2020-08-10 12:08:15

प्रतिकृया दिनुहोस्