स्रोतसाधन र जनशक्ति नथपिएको भन्दै स्वास्थ्यकर्मी आन्दोलित, उपचार ठप्प पार्ने चेतावनी

नारायणी अस्पताल वीरगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले सुरक्षाका साथै आवश्यक दक्ष जनशक्ति र स्रोत साधनको अभाव भएको भन्दै  स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी  दिएका छन् ।

अस्पतलाका मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्याय समक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले कामगर्ने वातावरण नरहेको भन्दै सामुहिकरुपमा २४ घण्टे अल्टिमेटम पत्र बुझाएका हुन् । 

नेपाल चिकित्सक संघ नारायणी वीरगञ्ज शाखा तथा नारायणी अस्पतालमा कार्यरत करिव २ सय ५० जना चिकित्सक तथा कर्मचारी कार्यरत छन्।  अहिलेको अवस्थामा काम गर्ने वातावरण नरहेको भन्दै उनीहरुले सोमबार दिउँसो २ बजेसम्म आवश्यक दक्ष जनशक्ति तथा स्रोत साधनको व्यवस्थापन गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

संघका महासचिव एवं नारायणी अस्पतालका डा.उदयनारायण सिंहले विगत केही महिनादेखि पटकपटक पर्सामा कोरोना संक्रमणको महामारीलाई मध्यनजर गर्दै आवश्यक पूर्वतयारी तथा जनशक्ति,स्रोत साधनको बारेमा स्थानीय प्रशासनसँग माग गर्दै आएकोमा जिल्ला प्रशासन कार्यालय पर्सा,वीरगञ्ज महानगरपालिका ,प्रदेश २ सरकार र केन्द्र सरकार कुनै चासो नदिएको कारण आफूहरु अन्तिम समयमा आत्मसमर्पण गर्दै सेवा बन्द गर्ने स्थितिमा पुगेको बताए।

‘पर्साको अहिलेको सुरक्षा व्यवस्था तथा कोरोना महामारीसँग लड्ने तयारी निकै खतरापूर्ण रहेकोले अब मानसिक यातना तथा ज्यान जोखिममा राखेर काम गर्न नसक्दैनौं,’ डा सिंहले भने।

नारायणी अस्पतालमा हिजो बिहान भएको तोडफोडको घटनाले नारायणी अस्पतालमा भौतिक क्षति पुग्नुकासाथै चिकित्सकको निजी सवारी साधनमा समेत क्षति पुगेको र अब चिकित्सकको ज्यानको खतरा समेत रहेको हुँदा उपचार गर्न नसक्ने अबस्थामा आफूहरु पुगेको सिंहले बताए। 

No description available.No description available.

प्रकाशित मिति: : 2020-08-10 08:10:17

प्रतिकृया दिनुहोस्