(१) उपवनको माली
साउनमा देखिन्छ हेर जताततै हरियाली
बर्षायाममा मिश्रित हुन्छ प्रकृतिको खुशियाली
घेरेकाछन् काला मेघले गर्जन छ बादलमा
को हो यस सुन्दर उपवनको रक्षा गर्ने माली ?
(२) सुखद दृश्यको दुर्दान्त
रङ्गविरङ्गी चङ्गाहरू र यो नीलो आकाश
दृश्य मनोरमले दिन्छ क्षणिक सुखद आभास
तर हो द्वन्द्व यो धागोको जसमा छ काँचको लेप
धराशायी हुन्छन् चङ्गा कठै ! बनी काँचको ग्रास
(३) खेल खेलमा
भयो नदेखाउ सपना काठमाडौं जाने रेलमा
रेलको कुरा गर्दागर्दै परौला कतै जेलमा
चौटो खोज्दा खोज्दै डुबौला झोलमा गुन्रुकको
पल्टेला है सेल कतै यस्तै खेलखेलमा
(४) खुशी भङ्ग
आयो चाड गयो चाड पाइएन रङ्ग
गरिएन कुनै पार्टी साथीभाइ सङ्ग
यस्तो पनि हुँदोरैछ जीवनकालमा कहिले
महामारीको कहरले पार्यो खुशी भङ्ग
(५) प्रलय
आज विश्वको शत्रु हो जीवाणु अस्त्रशस्त्र
विध्वंस मच्चाइरहेछ दुनियाँमा यत्रतत्र
शान्ति, स्थिरता क्षीण हुँदैछ रोक्न सके लौ रोक
आणविक बमको विस्फोटनले प्रलय हुनेछ नत्र
विष्णु पन्थी, याँगौं,म्यान्मा
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया