वीरगञ्जकाे गण्डक अस्पतालमा मृत्यु भएका वृद्धमा काेराेना संक्रमण

नारायणी अस्थायी कोभिड विशेष गण्डक अस्पताल वीरगञ्जमा मृत्यु भएका वृद्धमा कोरोनाको संक्रमण पुष्टि भएको छ।

वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ६५ वर्षीय वृद्धको गण्डक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

मृत्यु भएपछि ती पुरुषको स्वाब सङ्कलन गरेर पीसीआर जाँचका लागि नारायणी अस्पतालमा पठाइएको थियो।

उनको शुक्रबार साँझ पीसीआर रिपोर्ट पोजेटिभ आएको कोभिड अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए।

केही दिनदेखि सामान्य ज्वरो र रुघाखोकी देखिएको उनमा बिहीबार श्वासप्रश्वासको पनि समस्या देखिएको थियो। बिहीबार दिउँसो उनलाई वीरगञ्जको एडभान्स मेडिकेयर हस्पिटलमा भर्ना गरिएको थियो।

आइसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएपछि चिकित्सकले अन्य अस्पतालमा रेफर गरेका थिए। एडभान्समा कार्यरत कर्मचारीहरुमा पनि कोरोना संक्रमण देखिएपछि इमर्जेन्सीबाहेक अन्य सेवा बन्द छ

त्यसैले उनलाई एडभान्स अस्पतालले भर्ना गर्न नमानेपछि गण्डक अस्पताल पुर्‍याइएको थियाे। 

प्रकाशित मिति: : 2020-08-07 21:11:45

प्रतिकृया दिनुहोस्