वीरगञ्जका मेयरका आमाबुबासहित थप १४१ जनामा काेराेना संक्रमण

वीरगञ्ज महानगरपालिकाका मेयर विजयीकुमार सरावगीका आमाबुबासहित पर्सा, बारा र रौतहटका १४१ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पताल वीरगञ्जमा गरिएकाे परीक्षणमा २१ महिला र १२० जना पुरुषमा संक्रमण देखिएकाे हाे।

 जस्मा वीरगञ्जका मेयर सरावगीका ७२ वर्षीय बुबा र ६८ वर्षीय आमामासमेत संक्रमण देखिएकाे छ।

यसका अलवा संक्रमितहरु ४ जना बारा, ४ जना रौतहट र बाँकी सबै पर्साका रहेका हुन्।

संक्रमितहरु ८ वर्षको बालकदेखि ७९ वर्षका वृद्धसम्मका रहेका छन्। बिहीवार राति आएको रिपोर्टमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ४३ थुनुवा र पहिलेदेखि प्रहरीको क्वारेन्टाइनमा रहेका १ जना प्रहरीमा काेराेना संक्रमण देखिएकाे छ।

 उनीहरुको सुरक्षाको ध्यान राख्दै सबैलाइ अलग अलग क्वारेन्टाइनमा राखिएको पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले बताइन्। यता नेपाली सेनाका ५ जना सैनिक गरी ५१ जना सुरक्षाकर्मी पनि संक्रमित भएका छन् । 

यता नारायणी बयोधा अस्पताल गण्डकका ५ जना डाक्टरसहित १४ जना कर्मचारी संक्रमित भएका छन्।

जसमध्ये वीरगञ्ज १३ तेजारथ टोलका २९ वर्षीय, परवानीपुर गाउँपालिका ३ बाराका २८ वर्षीय पुरुष, वीरगञ्ज १४ पिपराकी ३८ वर्षीया महिला, मुर्लीका २७ वर्षीय पुरुष र श्रीपुरका ३३ वर्षीय पुरुष गरी कुल ५ जना डाक्टरहरु संक्रमित भएका छन्।

त्यसैगरी,सोही अस्पतालका सुरक्षाकर्मी, स्टाफ नर्स र सफाईकर्मी गरी ९ जना संक्रमित भएका छन्।

यता,नेशनल मेडिकल कलेजका ३० वर्षीय डाक्टर पनि संक्रमित भएका छन्। 

यस्तै वीरगञ्जको विभिन्न वडाका स्थान छपकैया, विर्ता, आदर्शनगर, फुलबारी टोल, श्रीसिया, अशोक बाटिका, भवानीपुर, घडिअर्वा, मुर्ली, गण्डक बहुअरी, चिनिीमिल, तेजारथ टोल, श्रीपुरलगायतमा पनि संक्रमति थपिएका छन्।

त्यसैगरी, पर्सागढी २ जना संक्रमितहरुमा पनि संक्रमण पुष्टि भएको छ। रौतहटका ४ जना होम क्वारेन्टाइनमा रहेकामा पनि संक्रमण पुष्टि भएको छ।

थप दुई जनाको मृत्यु

वीरगञ्जमा थप दुईजनाकाे काेराेना संक्रमणबाट मृत्यु भएकाे छ।

वीरगञ्ज ११ श्रीपुरका ७९ वर्षीय पुरुष र सोही वडाका घडिअर्वाका ५७ वर्षीय पुरुषको शवको रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालले जनाएको छ ।

७९ वर्षीय पुरुषको साउन २० गते आफ्नै घरमा मृत्यु भएको थियो भने ५७ वर्षीय पुरुषको गण्डक अस्पतालमा शंकास्पद अवस्थामा उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति: : 2020-08-07 09:32:10

प्रतिकृया दिनुहोस्