मदनकृष्ण-हरिवंशलाई भेट्ने सपना यसरी पूरा गरे विकलले

भक्तपुरका विकल प्रजापतिको सानैदेखि सपना थियो- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) भेट्ने। उनी सधैं 'मह जोडी भेट्न पाए हुन्थ्यो' भनेर कल्पिन्थे। झन्डै २ दशकदेखि विकलले हुर्काएको रहर गत शनिबार पूरा भयो, मह जोडीलाई आफ्नै घरमा भेटेर।

२६ वर्षीय विकल मूर्ति बनाउँछन्। चित्र कोर्छन्। पेसागत हिसाबमा 'आर्किटेक्ट' भए पनि व्यक्तिगत रूचिका कारण उनी चित्र र मूर्तिकलामा आकर्षित भएका हुन्। कलाकारद्वय मदनकृष्ण र हरिवंशसँग उनको भेट पनि कलाले नै गरायो। 

विकलले मह जोडीको 'क्लेआर्ट' अर्थात् माटोका मूर्ति बनाएका छन्। 'मदनबहादुर-हरिबहादुर' टेलिश्रृंखलामा देखिएका पात्रको स्वरूपमा उनले बनाएका मूर्ति हेर्न मदनकृष्ण र हरिवंश दुवै 'सर्प्राइज' दिँदै पुगेका थिए।

कमलविनायकस्थित आफ्नो घरै आएर मदनकृष्ण र हरिवंशले आफ्नो कला अवलोकन गर्दा विकलको बाल्यकालीन सपना त पूरा भयो नै, उनलाई थप ऊर्जा पनि मिलेको छ। 

'सायद यो मूर्ति मैले नबनाएको भए उहाँहरूलाई यसरी नजिकबाट भेट्ने थिइनँ। कलाले उहाँहरूसँग भेट गरायो। सानैदेखिको सपना पूरा भएको छ,' विकल भन्छन्, 'प्रतिभाको कदर भएको महशुस गर्दैछु। निकै खुसी लागेको छ।'

विकलका अनुसार उनले दुई महिना लगाएर मूर्ति तयार पारेका हुन्। मूर्तिका फोटो खिचेर मह-सञ्चारमा 'हजुरहरूसँग भेट्ने ठूलो इच्छा छ' भन्दै इमेल गरेका थिए। इमेल पठाएको तीन दिन बितिसकेको थियो, उनी पर्खिरहे।

प्रकाशित मिति: : 2020-08-03 18:11:01

प्रतिकृया दिनुहोस्