उत्तर प्रदेशकी क्याबनेट मन्त्रीको कोरोना संक्रमणबाट निधन

उत्तर प्रदेशकी क्याबनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरसको संक्रमणबाट निधन भएको छ। 

गत १८ जुलाईमा उनी कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

संक्रमण पुष्टि भएपछि उनलाई उपचारको लागि लखनऊस्थित एसजीजीआईमा भर्ना गरिएको थियो। 

उपचारको क्रममा आइतबार उनको निधन भएको हो। 

कमला रानी यूपी सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन्। सन् २०१७ मा भारतीय जनता पार्टीले उनलाई कानपुरको घाटमपुर सीटबाट चुनावी मैदानमा उतारेको थियो। 

यो सिटबाट पार्टीका लागि चुनाव जित्ने उनी पहिलो विधायक पनि हुन्। उनी गत वर्ष राज्यको क्याबिनेटमा मन्त्री बनाइएको थियो।

प्रकाशित मिति: : 2020-08-02 12:19:24

प्रतिकृया दिनुहोस्