ट्राफिक प्रहरीमा कोरोना पुष्टि हुँदा बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टाइनमा

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाइनमा राखिएको छ। महाशाखा शील गरिएको छ। सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्ने निषेध गरिएको छ।

गत शुक्रबार संक्रमण पुष्टि भएका २ जनलाई अस्पतालमा पठाइएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालका अनुसार बग्गीखानामा रहेका ढकालसहित ३७५ जना ब्यारेकमै क्वारेन्टाइनमा बसेका छन्।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छन्। ३७५ जना क्वारेन्टिनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको  ढकालले जानकारी दिए।

पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ। प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ। त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ। २ सय ५० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ। 

प्रकाशित मिति: : 2020-08-02 09:16:21

प्रतिकृया दिनुहोस्