एजेन्सी
इटालियन सिरी ए को यस सिजनको अन्तिम खेलमा एसी मिलानले काग्लिअरीलाई हराएको छ ।
गएराति सम्पन्न खेलमा मिलान ३-० गोल अन्तरले विजयी भएको हो । मिलानको जितमा जलाटन इब्राहिमोविच, रागनर क्लाभान र सामु कासटिल्लेजोले एक एक गोल गरेका थिए । यो जितपछि मिलानले यस सिजनमा ३८ खेलमा ६६ अंक हासिल गर्दै छैठौ स्थानमा रहदै लिग सकाएको छ।
त्यस्तै यस खेलमा गोल गर्दै ३८ बर्षिय इब्राहिमोविचले नयाँ कीर्तिमान बनाएका छन् । इब्राहिमोविचले यस सिजनमा १८ खेल खेल्दै १० गोल गरेर सिरी ए मा एकै सिजनमा दोहोरो अंकमा गोल गर्ने बढी उमेरका खेलाडी बनेका छन् ।
इब्राहिमोविचले ६० वर्षअघि सिल्भियो पिओला (३८ बर्ष १२७ दिन ) ले राखेको किर्तिमान तोडेका हुन् । उनले ३८ वर्ष ३०२ दिनको दिन सिरी ए मा १० गोल पुरा गर्दै यस्तो किर्तिमान बनाएका हुन् ।
यसपछि इब्रहिमोविचको खेल भविष्य बारे भने अन्योल नै रहेको छ । मिलानसँगको यस सिजनसम्मको सम्झौता यो खेल सँगै सकिएपछि अब आउदो सिजन उनी खेल्छन या खेल्दैनन भन्ने बारे उनले स्पष्ट गरेका छैनन् । तर मिलानका म्यानेजर स्टेफानो पिओलीले भने यो खेल इब्राहिमोविचको मिलानका लागि अन्तिम खेल नभएको बताएका छन् ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया