काठमाडौं महानगरमा बेथिति : जलपानमा डेढ करोड, इन्धनमा १० करोड, गाडी मर्मतमा चार करोड

आर्थिक वर्ष ०७५-७६ मा विनियोजित १२ अर्ब बजेटमध्ये महानगरले करिब ६ अर्ब मात्रै खर्च गर्न सक्यो, त्यसमा पनि झन्डै डेढ अर्ब बेरुजु

सुवास भट्ट

काठमाडौं

- सार्वजनिक–निजी साझेदारी कार्यक्रममा २१ करोड बजेट : शून्य खर्च

-अग्नि नियन्त्रण सामग्री खरिदमा १५ लाख बजेट : शून्य खर्च

-महानगर अस्पताल निर्माणमा १० लाख बजेट : शून्य खर्च

-ढुंगा-इँटा छाप्न १५ करोड बजेट : १५ लाख खर्च

-ढल निकासमा १३ करोड बजेट : ९६ लाख खर्च

...

जनसंख्या, आम्दानी र बजेटका हिसाबले देशको सबैभन्दा ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकामा आर्थिक बेथिति पनि भयावह छ ।

आर्थिक वर्ष ०७५-७६ मा विनियोजित १२ अर्ब बजेटमध्ये महानगरले करिब ६ अर्ब मात्रै खर्च गर्न सक्यो, त्यसमा पनि झन्डै डेढ अर्ब बेरुजु देखिएको छ । त्यही वर्ष मेयरसहितका पदाधिकारीहरूले कानुनविपरीत पोसाक खर्च बुझ्ने मात्रै होइन, व्यक्तिगत मनोरञ्जनका लागि गरेका घुमघामको खर्च पनि महानगरबाट भुक्तानी गरे । 

आव ०७५-७६ का लागि महानगरले १२ अर्ब चार करोड ११ लाखको बजेट पास गरेको थियो । तर, खर्च भने पाँच अर्ब ९९ करोड ९२ लाख ६० हजार मात्रै भयो । त्यसमा पनि महालेखापरीक्षकको कार्यालयले एक अर्ब ४४ करोड बेरुजु देखाएको छ ।

८४ करोड १३ लाख असुल गर्नुपर्ने, ३५ करोड ११ लाख नियमित गर्नुपर्ने, १३ करोड प्रमाण कागजात पेस गर्नुपर्ने र ११ करोड ६२ लाख पेस्की कायम भएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । महानगरको बजेट अनुमान र खर्च व्यवस्थापन क्षमता कमजोर रहेको भन्दै प्रतिवेदनमा भनिएको छ, ‘५० प्रतिशत मात्र खर्च भएको अवस्थाले महानगरको बजेट अनुमान र खर्च व्यवस्थापन क्षमता कमजोर देखियो ।’ 

प्रकाशित मिति: : 2020-08-02 08:18:34

प्रतिकृया दिनुहोस्