'बुबाको इतिहास मेटाउन खोजेपछि काँग्रेसमा आएको हुँ'

रातोपाटी

काठमाडौं

लोकेन्द्र भट्ट

पूर्वमन्त्री सुनिल थापानेपाली काँग्रेसमा प्रवेश गरेसँगै राजनीतिक बृत्तमा बहस र विवाद जारी छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिलको काँग्रेस प्रवेशले नेपाली राजनीतिक धरातलमा नयाँ बहस र काँग्रेसभित्र विवाद निम्त्याएको छ । सूर्यबहादुर थापाको राजनीतिक विरासत, महाधिवेशनकै मुखमा काँग्रेस प्रवेश, आगामी राजनीतिक यात्रा लगायतका विषयमा केन्द्रित रहेर सुनिल थापासँग गरिएको कुराकानी प्रस्तुत छ :

पारिवारिक विरासत जोडिएको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेर काँग्रेस प्रवेशको अवस्था कसरी निर्माण भयो ?

लोकतान्त्रिक गठबन्धन बनाएर हामीले चुनाव लड्यौँ तर हाम्रो पक्षमा नतिजा आएन । धनकुटामा हाम्रा साथी भाइहरु र नेपाली काँग्रेसका साथी भाइहरुबीच बरु हामी एकै ठाउँमा बसेर साम्यवाद र अधिनायकवादसँग लड्न सक्छौँ भन्ने कुरा भयो । त्यसले एकखालको वातावरण सिर्जना गरेको थियो । पछिल्लो समय काँग्रेसका वरिष्ठ साथीहरुले ‘तपाईं आइदिए राम्रो हुन्थ्यो । पार्टीलाई थप ऊर्जा मिल्थ्यो । तपाई संविधानलाई स्वीकार गर्ने व्यक्ति भएको र संविधानप्रति तपाई कटिबद्ध भएकोले तपाई काँग्रेसमा आइदिनु’ भन्ने कुरा भइरहेको थियो ।

प्रकाशित मिति: : 2020-07-31 11:26:39

प्रतिकृया दिनुहोस्