करार गर्न माग गर्दै आंशिक प्राध्यापकद्वारा जुम्ला क्याम्पसमा ताला (भिडियाे)

करार गर्न माग गर्दै आंशिक प्राध्यापकहरुकाे संगठनले जुम्ला बहुमुखी क्याम्पसमा ताला लगाएकाे छ। 

त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसमा आंशिक प्राध्यापकहरु आन्दाेलित भएसँगै जुम्लाका प्राध्यापकहरु पनि आन्दाेलित भएका हुन्। 

साविककाे कर्णालीकाे एक मात्र आंगिक क्याम्पस आंशिक प्रध्यापकहरुले मात्र धानिरहेकाले तत्काल आंशिक शिक्षकलाई करार बनाउनु पर्ने क्याम्पस आंशिक प्रध्यापक संघ एकाइ समितिका अध्यक्ष नरबहादुर घर्तीले बताए। 

'हामी करार र स्थाई शिक्षक बरबरकाे काम गर्छाैं तर पारिश्रमिक उनीहरु बराबर पाउँदैनाैं। हामीलाई ठूलाे विभेद गरिएको छ,' उनले भने, 'श्रम ऐनलाई समेत व्यवास्था गर्दै हाम्राे शाेषण गर्ने काम त्रिविले गरेकाे छ।'

हालकाे आन्दाेलनकाे एक सुत्रीय माग आंशिक प्राध्यापकलाई करार गरिनुपर्ने रहेकाे बताए। 

क्याम्पसमा व्यवस्थापन र शिक्षा संकायमा जम्मा २४ जना प्राध्यापकककाे दरबन्दी रहेकामा १७ जना आंशिक प्रध्यापक रहेकाे र उनीहरुकै बलमा पठनपाठनमा सहजता ल्याउन सकिएको क्याम्पस प्रमुख बसन्तराज भण्डारीले बताए। 

हाल त्रिविका कुनैपनि गतिविधिमा आंशिक प्राध्यापककाे सहभागिता नरहनेगरी आन्दोलन चरणबद्ध रुपमा अगाडि बढाइएकाे घर्तीले बताए।

'जबसम्म आंशिक प्राध्यापकहरुलाई करार बनाउनुपर्ने एक सुत्रिए माग पूरा हुँदैन तबसम्म हामी त्रिविका कुनै पनि गतिविधिमा सहभागी हुँदैनाैं,' उनले भने।

प्रकाशित मिति: : 2020-07-30 13:51:10

प्रतिकृया दिनुहोस्