मेलम्ची सुरूङको ढोका डिजाइन र निर्माणमा गम्भीर त्रुटि, रिभ्यू नगरी पानी परीक्षण नगरिने

सेतोपाटी

काठमाडौं

प्रशन्न पोखरेल

मेलम्ची खानेपानी आयोजनाभित्र सुरूङका अडिट ढोका डिजाइन र निर्माणमै गम्भीर प्राविधिक त्रुटि भएको पाइएको छ।

खानेपानी मन्त्रालयले गठन गरेको प्राविधिक अध्ययन समितिले बुझाएको प्रतिवेदनअनुसार पानी परीक्षणका क्रममा ढोका नम्बर १७ खुल्नुमा गम्भीर प्राविधिक त्रुटि रहेको औंल्याइएको छ।

असार ३० गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ स्थित अम्बाथानमा रहेको ढोका नम्बर १७ एक्कासी खुलेपछि आयोजनाका चार जनालाई बगाएको थियो।

सुरूङभित्र पानीको चाप परीक्षण गर्न पुगेका इञ्जिनियर सतिशकुमार गोइतको मृत्यु भएको थियो। चालक राधाकृष्ण थापा मगर अझै बेपत्ता छन्। उनको खोजी जारी छ।

प्रकाशित मिति: : 2020-07-29 11:59:11

प्रतिकृया दिनुहोस्