सोमबार, १५ डिसेम्बर २०२५

अफगानिस्तानमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त

एजेन्सी

एजेन्सी

लश्कर गाह
News Image
• • •

अफगानिस्तानको हेल्मान्ड प्रान्तमा एउटा सैनिक हेलिकप्टर आपतकालीन अवतरण गर्दा दुई सैनिक गम्भीर घाइते भएका छन् ।

सैनिक स्रोतका अनुसार उक्त हेलिकप्टर सोमबार बिहानै हेल्मान्डको काजाकी जिल्लामा आपतकालीन अवतरण गराइएको थियो । उक्त घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको सेनाले जनाएको छ । 

घाइते सैनिकहरुको सैनिक शिविरमा उपचार भइरहेको छ । स्थानीयबासीले तालिबानको आक्रमणका कारण हेलिकप्टर दुर्घटनाग्रस्त भएको दाबी गरेका छन् ।

हेल्मान्ड प्रान्तमा तालिबानको प्रभाव अत्यधिक रहेको छ । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!