शक्तिहीन चेपाङका आँसुको मजाक उडाउँदै वनमन्त्री शक्ति बस्नेत

जलेर खरानी भएको घरअगाडि रोइरहेका जनताको आँसुलाई झुटो भन्दै छन् वनमन्त्री, चेपाङका पुराना घरमा आगजनी, नगरपालिकाले नयाँ घर बनाउँदा निकुञ्जको अवरोध

चितवन माडी–९ कुसुमखोलामा चेपाङका घरमा हात्ती लगाएर भत्काउने र आगो लगाएर खरानी बनाउने निकुञ्जको निर्णयको पक्षमा उभिएका छन् वनमन्त्री शक्ति बस्नेत । गरिबका जनताको र जलाउनेलाई छानबिन गरेर दोषीलाई कारबाही गरिनेछ भन्न पनि नसकेर यी मन्त्रीले सीधै फैसला सुनाएका छन्– ‘चेपाङका घर होइन, मकै हेर्ने मचान मात्र जलाएको हो ।’ घर जलेको खरानी खेलाउँदै रोइरहेका जनताको आँसुलाई मन्त्रीले मजाक बनाएका छन् । 

संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको आइतबारको बैठकले चेपाङका घर जलाउने कृत्यलाई गैरसंवैधानिक ठहर गरेको छ । तर, बैठकमा उपस्थित वनमन्त्री बस्नेत भने घटनाको बचाउमा उत्रेका छन् । 

समितिले भनेको छ, ‘हात्ती लगाएर घर भत्काउने कार्य गैरसंवैधानिक र गैरकानुनी हो । संविधानले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक र वासस्थानको हकविपरीत हो । विपत्को समयमा वैकल्पिक व्यवस्थाविना जनताका घरवास नउठाउन वन तथा वातावरण मन्त्रालयलाई यो समिति निर्देशन गर्दछ ।’

तर, वनमन्त्री बस्नेत निकुञ्जले गरेको उक्त घटनाको प्रतिरक्षामा देखिन्थे । उनले जनताको घरमा आगजनी नभएको दाबी गरे । चितवनकै सांसद तथा समितिका सभापति कृष्णभक्त पोखरेलले पनि चेपाङमाथि अन्याय भएको भन्दा मन्त्री बस्नेतले प्रतिवाद गरेका थिए । 
‘११ घर त्यहाँ थिए । सबै घरमा हस्तक्षेप गरेको छैन । ११ मध्ये एकजनाको छेउको गोठमा...’ मन्त्री बस्नेतले यसो भनिरहँँदा समिति सभापति पोखरेलको भनाइ आयो, ‘आठ घर एकदमै भत्काएको छ । दुई घरमा आगो लगाएको छ...।’ 

प्रकाशित मिति: : 2020-07-27 08:24:21

प्रतिकृया दिनुहोस्