ईश्वरराज ढकाल
प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्म नेपालको ठोरी आसपासमा भएको र अयोध्यापुरी नेपालमै रहेको बताएपछि पुरातत्व विभाग विज्ञ परिचालन गरी अनुसन्धानमा जुटेको छ । तर, यस प्रकारको अनुसन्धान फितलो भएको भन्दै विज्ञहरुले सुझाव दिएका छन्– विभागले आफ्नो अधिकार प्रयोग गरी सो ठाउँलाई विशेष संरक्षित क्षेत्रका रुपमा लिएर अनुसन्धान थाल्नु आवश्यक छ ।
विभागको प्राचीन वस्तु संरक्षण ऐन, २०१३ को दफा १७ मा कुनै इलाकालाई सुरक्षित स्थान भनी नेपाल सरकारले सूचना जारी गर्ने अधिकार छ । तर विभागले सो अधिकार हालसम्म प्रयोग गर्न सकेको छैन । प्रधानमन्त्री ओलीले सार्वजनिक रुपमै राम नेपालमा जन्मिएको उल्लेख गरेसंँगै माडीस्थित वाल्मीकि आश्रम, रामको जन्म भएको भनिएको स्थान ठोरीवरपरका क्षेत्रमा भीड बढ्न थालेको छ ।
आजकल दैनिक सयभन्दा बढी श्रद्धालुको भीड लाग्न थालेपछि स्थानीय निकायले सीता गुफा प्रवेशमा रोक लगाएको छ । प्रहरीले सो क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको छ । तर विभागले आफ्नो अधिकार प्रयोग गरी सो क्षेत्र सिल गर्नसक्ने कानुनी व्यवस्थालाई हालसम्म लागू गर्न सकेको छैन ।
ऐनको दफा १७ को उपदफा १ मा पुरातात्विक वस्तुहरुको अनुसन्धानको हितका लागि ती वस्तुहरु खोज्ने खोदाइ गर्ने काममा नियन्त्रण गर्न प्रतिबन्ध लगाउनुपर्छ भन्ने नेपाल सरकारलाई लागेमा नेपाल सरकारले चार किल्ला तोकी कुनै इलाकालाई सुरक्षित स्थान भनी सूचना जारी गर्न सक्छ भनी उल्लेख छ ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया