पुष्पलाललाई गरिएको ‘डिथ्रोन’ले भट्किएको नेपाली कम्युनिष्ट आन्दोलन

अराजनीतिक आधारमा पुष्पलालमाथि गरिएको अन्यायलाई यसरी सच्याइनुपर्छ

टंक कार्की

काठमाडौं

नेपाली कम्युनिष्ट आन्दोलनका शिखर पुरुष हुन् पुष्पलाल । पुष्पलाल हुँदैनथे भने अरु कोही व्यक्ति निस्कन्थे वा आउँथे त होलान् । राजनीतिमा उनको उपस्थिति र भूमिकाले नै नेपालमा कम्युनिस्ट संगठन विस्तारका लागि उत्प्रेरक (क्याटालिष्ट) को काम गर्यो ।

नेपाली कम्युनिस्ट आन्दोलनमा पुष्पलालको आगमन पनि बडो रोचक छ । उनी अहिलेको जस्तो बनिबनाउ, तयारी संरचनाभित्र आफ्ना रुचि र स्वार्थ पूरा गर्ने ढंगले नेतृत्वमा आएका व्यक्तित्व होइनन् । उनी स्वयं कम्युनिष्ट पार्टीको गठन गरेर, विशुद्ध वैचारिक प्रष्टता ल्याउँदै राजनीतिमा आएका हुन् ।

नेपालमा मार्क्सवाद

सन् १९४७ को कुरो हो, काल मार्क्स र एंगेल्स लिखित कम्युनिस्ट पार्टीको  घोषणापत्र पुष्पलालले अनुवाद गरेपछि नेपालमा पहिलो पटक नेपाली भाषामा कम्युनिस्ट साहित्य भित्रिन्छ । सामान्य रुपमा सोच्दा कम्युनिष्ट घोषणापत्रको नेपाली भाषामा अनुवाद गरेर पुष्पलालले त्यस्तो के उत्पात योगदान गरे भन्ने लाग्न सक्छ । तर रोचक कुरा के छ भने, त्यो अनुवादको भूमिकामा उनले नेपाली कम्युनिष्ट आन्दोलनको भावी रुपरेखा प्रस्तुत गरेका छन् ।मेट्रिक मात्रै पास गरेका  २५ वर्षे अल्लारे उमेरका ठिटाले आफ्नो फराकिलो वैचारिक क्षितिजको प्रदर्शन गर्दै त्यसमा तत्कालीन नेपालको सामाजिक आर्थिक व्यवस्थाको चित्रण, राजनीतिक व्यवस्थाबारेको प्रगतिशील विवेचनासहित साम्यवादी समाजसमेतको परिकल्पना गरेका छन् ।

प्रकाशित मिति: : 2020-07-23 00:18:48

प्रतिकृया दिनुहोस्