क्वारेन्टाइनमै आत्महत्या ! राज्यको गणनामा नपरेका कोभिड-१९ संक्रमितका ती मृत्युहरु...

काठमाडौं : गत असार ५ गते राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'सद्धे मान्छेले आत्महत्या नगर्ने' भन्दै कोरोनाले मानिसलाई शारीरिकमात्र नभई मानसिक तनाब पनि दिएको बताए। कोरोनाकै कारण नेपालमा कसैको पनि मृत्यु नभएको दाबी गर्दै प्रधानमन्त्रीले भनेका थिए, 'कोरोनाले त्रास फैलाएको र त्रासले डिप्रेसनमा जाने र डिप्रेसनमा गएको एउटा लक्षण हो, मरुँमरुँ लाग्ने। सद्धे मान्छेले आत्महत्या गर्नै सक्दैन।'

गत चैतदेखि सुरु भएको लकडाउनपछि पाँच सय भन्दा धेरैले आत्महत्या गरिसकेका छन्। आत्महत्या गर्नेमा कोरोना भाइरसका संक्रमित पनि छन्। कोरोनाको संक्रमण पुष्टि भइ आत्महत्या गर्ने वा आत्महत्या गरेपछि कोरोना पुष्टि हुनेको रेकर्ड भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको छैन।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जारी गरेको कोभिड-१९ सम्बन्धी मृत्युका घटनाको दर्ता तथा वर्गीकरण सम्बन्धी गाइडलाइनले कोभिड-१९ संक्रमण पुष्टि भएका हरेक मृत्युको प्रमाणपत्रमा 'कोभिड-१९' उल्लेख गर्नुपर्ने लेखिएको छ।

मृत्युको कारण वर्गीकरण गर्नेक्रममा अन्य कारणहरु हृदयघात, निमोनिया वा अन्य केही भए उल्लेख गर्नुपर्ने भनिएको छ। कोभिड-१९ सम्बन्धी मृत्युसँगै हुने 'चेन अफ इभेन्ट्स' मा मृत्युको प्रकृति खुलाउनुपर्ने उल्लेख छ। अन्तर्राष्ट्रिय मापदण्ड अनुसार मृत्युको प्रकृति रोग वा अन्य प्राकृतिक दुर्घटना, 'इन्टेन्सनल सेल्फ हार्म' (आत्महत्या), युद्ध, कानुनी हस्तक्षेप वा खुल्न नसकेको उल्लेख गर्नुपर्ने गाइडलाइनले भनेको छ।

निर्देशिकामा मृत्युको कारण अन्य भए पनि व्यक्तिमा कोभिड-१९ संक्रमण देखिए सहयोगी कारणमा कोभिड-१९ उल्लेख गर्नुपर्ने उल्लेख छ।

यसबीच नेपालमा संक्रमित मध्ये ६ जनाले आत्महत्या गरेका छन्। एक जनाले आत्महत्याको प्रयास गरेका थिए। उपचारका क्रममा अस्पतालमा मृत्यु भयो।

गोरखा भीमसेन थापा गाउँपालिका वडा २ का एक पुरुषले आत्महत्याको प्रयास गरे। असार २० गते उनलाई उपचारका लागि पाटन अस्पताल ल्याइयो। मानसिक रोगीसमेत रहेका उनको यसअघि पनि पटकपटक पाटनमा उपचार गरिएको थियो।

अस्पतालको आइसीयूमा राखेर उपचार गरिएको उनमा कोभिड-१९ को संक्रमण पुष्टि भयो। २२ गते राति ती २७ वर्षे पुरुषको मृत्यु भयो।

उनको डेथ सर्टिफिकेटमा कोभिड-१९ उल्लेख भए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो मृत्युलाई कोभिड-१९ को मृत्युको तथ्यांकमा समावेश गरेको छैन।

गण्डकी प्रदेशमा यीबाहेक अन्य ५ संक्रमितको मृत्युको तथ्यांक मन्त्रालयसँग रहेको छ। अन्य प्रदेशले आत्महत्यालाई पनि मृत्युको संख्यामा गणना गरे पनि गण्डकी प्रदेशले भने गणना गरेको छैन।

सुदूर पश्चिमका २ आत्महत्या

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा सुदूर पश्चिममा ६ जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको उल्लेख छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा भने प्रदेशमा ८ जना संक्रमितको मृत्यु भएको छ।

असार १९ गते सुदूर पश्चिममा बझाङका एक युवकले आत्महत्या गरे। त्यसअघि उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। बझाङको खप्तड छान्ना गाउँपालिका वडा नम्बर ७ मा रहेको लामागाडा प्राविको क्वारेन्टाइनमै उनले आत्महत्या गरेका थिए।

प्रकाशित मिति: : 2020-07-21 16:44:09

प्रतिकृया दिनुहोस्