एजेन्सी
स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ।
अवे मैदानमा भएको सिजनको आफ्नो अन्तिम खेलमा बार्सिलोनाले डिपोर्टिभो अलाभेसलाई ५-० गोल अन्तरले पराजित गरेको हो।
बार्सिलोनालाई जित दिलाउन कप्तान लिओनल मेसीले दुई गोल गरे। यस्तै अन्सु फाती, लुइस स्वारेज र नेल्सन सेमिडोले एक/एक गोल गरे।
खेलको २४ औं मिनेटमा फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३४ औं मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता २-० को बनाए।
४४ औं मिनेटमा स्वारेजले गोल गर्दा पहिलो हाफमा बार्सिलोना ३-० ले अघि रह्यो।
५८ औं मिनेटमा सेमिडोले गोल गर्दै बार्सिलोनालाई ४-० को अग्रता दिलाए।
यता ७५ औं मिनेटमा मेसीले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५-० को जित दिलाए।
जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेर सिजनको अन्त्य समेत गरेको छ।
बार्सिलोनाले ३८ खेलमा ८२ अंक जोड्यो। बार्सिलोना च्याम्पियन रियल भन्दा ४ अंकले पछि रहेको छ। रियलले एक खेल खेल्न बाँकी रहेको छ।
डिपोर्टिभो ३९ अंक जोडेर १५ औं स्थानमा रहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया