लेजेन्डरी डब्ल्युडब्ल्युई सुपरस्टार जोन सिना सधैं आफ्नो फ्यानहरूको खोजिमा हुन्छन्। उनका प्रत्येक कार्यहरू प्रशंसाकाे विषय बन्छन्।
जाेन सिना सामाजिक सञ्जालमा पनि धेरै सक्रिय छन्। उनले इन्स्टाग्राममा विश्वमा के –के भाइरहेकाे छ सबै जानकारी दिने र लिने गर्छन्। उनले तस्वीरहरु पनि पाेष्ट गरिरहेका हुन्छन्।
यद्यपि जाेन सिनाले कहिले पनि तस्वीरमाथि केही लेख्दैनन्, त्यसैले यो धेरैकाे छलफलको विषय बन्छ। हालसालै उनले बलिउड मेगास्टार अमिताभ बच्चन र उनका छोरा अभिषेकको तस्वीर इन्स्टाग्राममा राखेका थिए। अब जोन सिनाले ऐश्वर्या राय बच्चनको पनि तस्वीर इन्स्टाग्राममा पाेष्ट गरेका छन्।
वास्तवमा, जोन सिनाले ऐश्वर्याको फोटो सेयर गर्नुको पछाडिको कारण यो हो कि उनी कोरोना पोजिटिभ छिन्।
उनलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो। यसअघि अमिताभ र उनका छोरा अभिषेक कोरोना भाइरसबाट संक्रमित भएपछि जोन सिनाले दुबैको तस्वीर पाेष्ट गरेका थिए। वास्तवमा, जोन सिनाले फोटोलाई आफ्नै शैलीमा पाेस्ट गरे र बच्चन परिवार छिट्टै स्वस्थ हुने कामना गरे।
बच्चन परिवार अहिले गाह्रो अवस्थाबाट गुज्रिरहेको छ। अमिताभ, अभिषेक, ऐश्वर्या र आराध्यामा कोरोना संक्रमण पुष्टि भएकाे छ । सारा विश्वले बच्चन परिवारकाे जीवनरक्षाका लागि प्रार्थना गरिरहेका छन्। जोन सिनाले पनि आफ्नो शैलीमा तस्वीर पाेष्ट गरे प्राथना गरेकाे अनुमान लगाउन सकिन्छ।
हुन त डब्ल्युडब्ल्युईदिग्गजहरू सधैं भारतका प्रसिद्ध व्यक्तिहरूबाट प्रभावित भएका छन्। जोन सिना साेही मध्यका एक हुन्। त्यसैले उनलाई भारतीय चलचित्रकर्मीले पनि मन पराउने गर्छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया