‘मन्त्री हुँदा गफ लाउनेहरूको धेरै फोन आउँथ्यो, अचेल काम गर्नेको मात्र आउँछ’

भेट्न आउने नेताहरूलाई भन्छु- ओली-दाहाल पथ त्याग्नुस्, लोकेन्द्र पथमा आउनुस्

दोस्रो लटका ड्रागन फ्रुटका फल पाक्दै छन्। तेस्रो लटका लागि फूलेका फूल मुर्झाइसकेको छन्। चौथो लटका लागि कोपिला पलाउँदै छन्।

यो दृश्य तुलसीपुर उपमहानगरपालिका-१८ बिजौरी मैरवास्थित पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगरको ड्रागन फ्रुटको बगैंचाको हो।

पहिलो लटमा फलेको झन्डै ३ क्विन्टल ड्रागन फ्रुट उनले हप्ता दिनमै बेचिसके। बेच्न कतै लैजानु परेन, मानिसहरू गेटमै आए। लाइन लागेरै भए पनि किनेर लगे।

‘एक-दुई दिन पर्खनुस्, फल बोटमै अलि गाढा पाक्न दिनुस् नत्र अमिलो होला भन्दा पनि मान्नुभएन,’ मगरले भने, ‘असार ३ देखि बेच्न सुरू गरेको ९ गतेसम्म सबै सकियो।’

असारे झरीका बाबजुद् गाडीमा आएकाहरू बगैंचाको गेटमै लाइनै बसेको उनले बताए।

ड्रागन फ्रुट दंगालीका लागि नौंलो फल हो। त्यसैले सबैले यो चाख्न खोजे।

तुलसीपुर-घोराही सडक खण्डको बिजौरीमा ड्रागन फ्रुट फूलेको, फलेको र पाकेको दृश्य देख्दै आएकाहरू त्यो नयाँ फल चाख्न लालायित थिए।

प्रकाशित मिति: : 2020-07-19 15:50:35

प्रतिकृया दिनुहोस्