गायिका एलिना चौहानलाई बिहानै 'गुड मर्निङ' भन्नेहरू अचेल यस्तो लेखेर पठाउँछन्– के माया लाग्छ र!
'गुड नाइट' सन्देशमा पनि उही– के माया लाग्छ र!
यो एलिनाकै स्वरमा चर्चित भएको गीतको बोल हो। सार्वजनिक भएको तीन हप्तामा युट्युबमा चालीस लाखमाथि भ्युज पाइसकेको छ। हरेक दिन उनकै गीतको टिकटक बनाएर पठाउने प्रशंसकहरूको संख्या अझै पनि धेरै छ।
कभर गीत गाएर चर्चामा आएकी एलिनाले स्रोता-दर्शकको माया पाएको पहिलो पटक होइन। तर आफ्नै गीतमा यति धेरै माया, पहिलो पटक हो।