कोशीमा पानी बढेपछि बिहार डुबानमा

नेपालमा नियमित रूपमा परिरहेको बर्षाका कारण कोशी नदीको पानी बढेपछि नेपालको सीमासँग टाँसिएका भारत बिहार नजिकैका गाउँहरू फेरि डुबानमा परेका छन्। 

नेपालको सीमासँग जोडिएको बिहार सुपौल, सहरसा, कटिहार, मधुवनीलगायतका जिल्लामा रहेका सयौं गाउँहरू जलमग्न भएका छन्। यहाँका स्थानीय घरमा पानी प्रवेश गरेपछि बाहिर सडक र अग्लो ढिस्को भएको ठाउँमा निस्किन बाध्य भएका छन्। 

No description available.

स्थानीहरू धमाधम घरबाट आफ्नो सामान निकालिरहेका छन् भने केहीले ऋणमा नाउ किनेर आफ्नो परिवारलाई सुरक्षित गन्तब्यतर्फ लगिरहेको स्थानीय समाचारमा पनि उल्लेख गरिएको छ। 

अहिले यहाँका मानिसलाई सरकारी स्कुल, हाईवेको बाटो तथा मन्दिरमा शरण दिइएको छ। यस्तै सहरसा प्रवेश गर्ने अरापट्टी पञ्चायतमा नदीको पानी सडकभित्र प्रवेश गरेपछि पुल बगाएको छ। 

No description available.यसले यहाँका जनता यताउती गर्न नाउको सहयोग लिइरहेका छन्। विपत्को बेला नाउ चलाउने व्यक्ति भने मालामाल भएका छन्। गाउँबाट बाहिर निस्किन नाउ मालिकले प्रत्येक व्यक्तिसँग १० देखि १०० रुपैयाँसम्म उठाइरहेका छन्।

स्थानीय किसानहरूले बाढीको कारण आफ्नो मिहिनेत नस्ट भएको बताएका छन्। बाढी आउनुपूर्व यहाँका किसानले रोपाईको काम सम्पन्न गरेका थिए। 

लगातारको वर्षाका कारण बुढाबुढी तथा बालबालिकाहरू बिरामी पर्न थालेका छन्। गाउँमा खानेकुराको कमि देखिन थालेको छ। अधिक वर्षाका कारण केहीको घर पानीले बगाएको छ। 

No description available.

३६ वर्षदेखि कोशीको विषयमा अध्ययन गरिरहेका इन्जिनियर दिनेश कुमार मिश्रका अनुसार कोशीले हरेक बर्षजसो आफ्नो बाटो बदलिरहने कारण समस्या आइरहेको छ। पछिल्लो ६० वर्षको अन्तरालमा कोशीले १ सय ६० किलोमिटर आफ्नो पुरानो बाटो छोडेको छ। 

यसले यहाँको पानी सहरसादेखि दरभंगासम्म पुगेको हो। दुबै तटबन्धको बीचमा १ लाख २० हजार हेक्टर जमीन पर्छ। यहाँ कति गाउँ छ, यसको पूर्ण जानकारी राज्य सरकारसँग छैन। 

उनले १९५० र १९६० को बीचमा तत्कालिन भारतीय प्रधानमन्त्री जवहारलाल नेहरूको अगुवाईमा कोशीको तटबन्ध पश्चिममा १ सय २६ किलोमिटर र पूर्वमा १ सय २५ किलोमिटर बनेको बताए।

No description available.

सरकारी तथ्यांकमा तटबन्धको बीचमा ३ सय ४ गाउँ बसोबास गरेको रिपोर्ट छ तर वास्तवमा यहाँ ३ सय ८० गाउँ पर्छ। 

कोशी तटबन्ध तयार गर्दा सरकारले यहाँका व्यक्तिलाई अर्को ठाउँमा पूनर्वास गर्ने तथा उनीहरूलाई खेतीका लागि जमीन दिने घोषणा गरेको थियो। तर, घोषणा भएको ५७ वर्ष बितिसक्दा पनि यहाँका स्थानीय कसैको पनि पूनर्वासको काम भएको छैन, न अर्को ठाउँमा जमिन नै पाएका छन्। 

No description available.

सन् २००१ मा गरिएको जनगणना अनुसार यहाँ ९ लाख ८८ हजार मानिस बसोबास गर्छन। सन् १९६३, १९६८, १९७१, १९८०, १९८४, १९८७ र २००८ मा तटबन्ध भत्किँदा नेपाल र भारतका लाखौं मानिस प्रभावित भएका थिए।

कोशीमा बाढी आउँदा खगडिया र कटिहारसमेत प्रभावित हुने गरेका छन्। कोशीको पानी बिहारको राजधानी पटनाको गंगा नदीसम्म पुग्ने गर्दछ।

प्रकाशित मिति: : 2020-07-19 08:44:44

प्रतिकृया दिनुहोस्