पशुपतिनाथ जस्तै उज्जैनको नागचन्द्रेश्वर भगवानको मुर्तिको दर्शन गर्न नपाइने

नेपालको पशुपतिनाथ जस्तै भारतस्थित उज्जैनको महाकालेश्वर ज्योतिर्लिङको मन्दिरको शिखरमा रहेको नागचन्द्रेश्वर भगवानको मुर्तिको दर्शन यसपालि भक्तहरूले गर्न नपाउने भएका छन्। 

कोरोना भाइरसको संक्रमणका कारण २५ जुलाई अर्थात आउँदो शनिबार नाग पञ्चमीको दिन खुला हुने यो मन्दिर यसपालि बन्द हुनेछ। 

मन्दिर समितिले आफ्नो वेभसाइट तथा सोशल मिडियामा भक्तहरूले लाइभ दर्शन पाउने व्यवस्था मिलाउने बताएको छ। 

उज्जैनको पञ्चाङ निर्माता तथा शास्त्रका जानकार ज्योतिषाचार्य पण्डित आनन्द शंकर व्यासले महाकालेश्वर ज्योतिर्लिङको पौराणिक महत्व रहेको बताए। हजारौ वर्ष पहिलेको शास्त्रले पनि महाकालेश्वरको उल्लेख गरेको बताउँदै उनले भने महाकाल मन्दिरको हालको भवन २५०–३०० वर्ष पुरानो हो। 

मुगल बादशाहले प्राचीन महाकाल मन्दिर ध्वस्त बनाएका थिए। यसपछि मराठा राजाले उज्जैनमा राज्य विस्तार गरे। राणोजी सिन्धियाले आफ्नो कार्यकालमा महाकाल मन्दिरको पुननिर्माण गर्न लगाएका थिए।

मुगलले ध्वस्त बनाएको मन्दिरको अवशेषको रूपमा यहाँको मुर्तिलाई लिने गरिन्छ। 

नागदेवको पुजा नागपञ्चमीमा गर्ने विशेष महत्वका कारण महाकालेश्वर मन्दिरको तेस्रो तल्लामा रहेको नागचन्द्रेश्वर भगवानको ढोका त्यही दिन खोल्ने प्रचलन छ। नागचन्द्रेश्वरको मुर्ति ११ औं सताब्दीमा निर्माण गरिएको मान्यता छ। मुर्तिमा फुकेको नागराजमा शिव र पार्वती विराजमान छ।

प्रकाशित मिति: : 2020-07-19 06:45:17

प्रतिकृया दिनुहोस्