यदि दुःख बजारमा बिक्ने भए

महेश रिजाल

मणिपुर,भारत

यदि दुःख बजारमा बिक्ने भए
आज म संसारकै सबै भन्दा धनी व्यक्ति हुन्थें होला
संसारका सबै लुटाहाहरु मेरै पछि परेका हुन्थें होला
कटौरी बोकी मेरै अघि गरिबहरुको हुल हुन्थें होला
ठूला-ठूला मानिसको शीर मेरै अघि झुक्थ्योे होला
पसलमा मेरो दुःखलाई 
काँचको सोकेसमा सजाएर राखिन्थ्यो होला
यदि दुःख कुनै अमूल्य ज्ञान भए
संसारका महान्  विद्वानहरू
मेरै दुःखको मूलसम्म अध्ययन गर्थे होला
यदि दुःख कुनै महँगो नवरत्न भए 
संसारका वैज्ञानिकहरु मेरो दुःखलाई खोजी
दुःखको मूल जड सम्म छिन्द थिए होला 
यदि दुःख खनेर भेटिने धातु भए
संसारका मानिसले मलाईनै खोस्रेर 
मेरो मुटु भित्र लागेको घाउ पनि  कोट्याएर लान्थे होला
हो ! यदि दुःख बजारमा बिक्ने भएआ
ज म संसारकै सबै भन्दा धनी व्यक्ति हुन्थेँ होला

प्रकाशित मिति: : 2020-07-18 22:50:51

प्रतिकृया दिनुहोस्