एक दिनको गल्तीले बीसीसीआईमाथि ४८ करोड रुपैयाँ घाटा

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले एउटा सानो गल्तीका लागि अब ४८ सय करोड रुपैयाँ जरिवाना तिर्नुपर्ने हुन सक्छ। आठ वटा टिमबाट सुरु भएको इन्डियन प्रिमियर लिग (आइपीएल) मा डेक्कन चार्जर्सलाई गलत तरिकाले निकालेका कारण बीसीसीआईले यति ठूलो रकम चुकाउनु पर्ने भएको हो।  

बाम्बे उच्च अदालतले लामो समयदेखि चलिरहेको मुद्धाको फैसला शुक्रबार गरेको थियो, जसमा डेक्कनको पक्षमा निर्णय भएको छ। बाम्बे उच्च अदालतको निर्णयविरूद्ध बीसीसीआईले फेरि अपील भने गर्न सक्छ। 

सर्वोच्च अदालतका सेवा निबृत्त न्यायाधीस सीके ठक्करलाई यो मुद्धामा आठ वर्षअघि नै आर्बिटर नियुक्त गरिएको थियो। जसको फैसला भएको हो। डेक्कनले बीसीसीआईसँग ६ हजार ४६ करोड रुपैयाँको जरिवाना तथा ब्याजको माग दावी गरेको थियो। तर, न्यायाधीस ठक्करले ४८ सय करोडको मात्र फैसला गरे। 

यो मुद्धा सन् २०१२ देखि थाति थियो। डेक्कनको पहिलो कप्तान एडम गिलकृष्ट थिए। उनको कप्तानीमा डेक्कनले दोस्रो आइपीएलको उपाधि जितेको थियो। 

सन् २०१२ मा डेक्कनलाई १ सय करोड रुपैयाँ जम्मा गर्न भनिएको थियो। एक महिनाको समय दिइएको यो मुद्धामा बीसीसीआईले हैदराबादको यो फ्रेन्चाइज क्लबलाई एकदिन अघि नै हटाएको थियो। जुन फैसलाविरूद्ध डेक्कन अदालत पुगेको थियो।

प्रकाशित मिति: : 2020-07-18 18:09:38

प्रतिकृया दिनुहोस्