२८ वर्ष कमैया बसेँ, न जग्गा पाएँ, न लालपुर्जा !

देशसञ्चार

काठमाडौँ

दशरथ घिमिरे

दाङ–कालू चौधरी २८ वर्ष जमिन्दारको घरमा कमैया बसे। जीवनको अमुल्य समय मालिकको घरमा कमैया बसेका हुन। मालिकको सम्पत्ति जोगाउन कालूले दिनरात काम गरे।तर, अहिले बुढेसकालमा कालूलाइ साँझ बिहान छाक टार्न गाह्रो परेको छ।‘कहाँ कहाँ धाइयो। न जग्गा पाइयो, न पुर्जा भेटाइयो’उनले भने-‘सधैं अरुकालागी काम गरियो। अहिले आफूसँग केही छैन।’

लमही–४ का मनवुझाउन चौधरीको अस्थायी बस्तिमा घर छ। न त्यो बस्तिमा विजुली पुगेको छ। न कुनै अन्य सुविधा।‘आन्दोलन धेरै गरियो। उपलब्धि भएन। नारा जुलुस गर्दा पनि माग सुनुवाइ भएन’उनले भने–‘हामी बसेको जग्गा वनगाउँ स्कुलको हो भन्छन। वेलाबखत वस्ति उठाउछौं भन्दै धम्की आउछ। यसरी हाम्रो वस्ति कहिले सुरक्षित हुन्छ।’

वडा कार्यालय मार्फत बस्ती सम्म विद्युतको पोल र तार पुगेको छ। तर, अझै त्यसमा विद्युत जडान गरिएको छैन।‘मुक्त कमैया, भूमिहिन भनेर हेप्ने गरिएको छ। हाम्रो वस्तिमा पोल गाडियो। तार तानियो तर, किन विद्युत छोडिएन’समस्या सुनाउदै भने–‘के हामी सधैं अध्यारो बस्ने।’ यहाँ १३ घरधुरीको बसोवास छ।

प्रकाशित मिति: : 2020-07-18 09:41:42

प्रतिकृया दिनुहोस्