प्रभु बैंकले दुई अर्बको ऋणपत्र जारी गर्न बोर्डबाट पायो अनुमति

प्रभु बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको “प्रभु बैंक डिबेन्चर २०८४” जारी गर्न लागेको हो।

कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तवरबाट र ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गर्नेछ।

बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंङ्ग लिमिटेड छ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरे पश्चात पछिल्लो समय सबैजसो बैंकहरु ऋणपत्र निष्काशनमा जुटेका छन्। ।

यस अघि प्रभु बैंकले गत कात्तिकमा दश वर्ष अवधिको '१०.२५% प्रभु बैंक डिबेन्चर २०८६' बिक्री गरेको थियो।

प्रकाशित मिति: : 2020-07-17 15:02:21

प्रतिकृया दिनुहोस्