प्रचण्डकी नातिनी स्मिता दाहालको ‘मायायु तिमी कता छौं-२’ मा पल शाह र स्वस्तिमा

गायिका स्मिता दाहाल र राजनराज शिवाकोटीको आवाजमा ‘मायायु तिमी कता छौं–२’ (सिरिरी सिरिरी) गीतको भिडियो सार्वजनिक भएको छ । विहीबार गज्जब टिभी युट्युब च्यानल मार्फत ‘मायायु तिमी कता छौं–२’को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

दिनेश थपलियाको शब्द तथा राजनराज सिवाकोटीको संगीतमा ‘मायायु तिमी कता छौं–२’लाई साहस शाक्यले एरेञ्ज गरेका हुन् । सार्वजनिक म्युजिक भिडियोमा श्यामश्वेत रसाइलीको मिक्सिङ रहेको छ ।

सार्वजनिक गीतको भिडियोमा अभिनेता पल शाह र स्वास्तिमा खड्का फिचर्ड छन् । साथै, चाइल्ड आर्टिष्टमा एञ्जल राई र अर्विन खड्का रहेका छन् ।

नवराज उप्रेतीको छायाँकन, अर्जुन जीसीको सम्पादन, श्याम कार्कीको कलर र विक्रम स्वारको कोरियोग्राफी÷कथा रहेको छ । भिडियोलाई सरोज ओलीले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति: : 2020-07-16 18:26:10

प्रतिकृया दिनुहोस्