सम्पादकीयः निगम डुबाउने पौरख !

चीन ‘साइलक’ हो कि ‘एन्टोनियो’ भन्ने यही विमान प्रकरणले पनि संकेत गर्नेछ

बाह्रखरी

काठमाडौं

नेपाल वायु सेवा निगमको सञ्चालक समितिले चीनसँग ऋण र अनुदानमा निगमले ल्याएका हवाई जहाजहरू चलाउन नकिने ठहर गरेको छ । चिनियाँ एक्जिम बैंकसँग वार्षिक १.५ प्रतिशतका दरले ब्याज तिर्ने गरी ३ अर्ब ७२ करोड ऋण लिएर निगमले सरकारको दबाबमा ६ वर्षअघि ४ वटा चिनियाँ विमान खरिद गरेको थियो । ती विमान ६ वर्षदेखि नउँडाई राख्दा निगमलाई करिब २ अर्ब अर्ब थप नोक्सान भएको छ । चिनियाँ विमान खरिद गर्नु उपयुक्त नभएको धारणा त्यतिखेरै नेपाली सञ्चार माध्यमहरूले उठाएका थिए । सरकारी अधिकारीहरूले चीनले २ वटा विमान अनुदानमा दिने र पहाडी क्षेत्रमा उडान गर्न चिनियाँ विमान उपयुक्त भएकाले निगमका लागि आवश्यक रहेको तर्क दिएर विरोधीको मुख बन्द गर्न खोजेका थिए । नभन्दै, उतिबेलै गरिएको सन्देहजस्तै चिनियाँ विमान खरिद नेपाल वायुसेवा निगमका लागि ‘ऋण पासो’ सिद्ध हुन पुग्यो । विडम्बना, यस्तो निर्णय गर्नेहरू अहिले निगम डुब्दा सजायभागी बन्दैनन् ।   

प्रकाशित मिति: : 2020-07-16 16:48:07

प्रतिकृया दिनुहोस्