बुधबार, १७ डिसेम्बर २०२५

सरकारले बेरोजगार व्यक्तिलाई सूचीकृत हुन एक महिनाको समय दियाे

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

सरकारले बेरोजगार व्यक्तिलाई सूचीकृत हुनका लागि एक महिनाको समय दिएको छ।

सरकारले बेरोजगार व्यक्तिको सूचीकरण गएको चैत १ गतेदेखि गर्ने भनिए पनि कोरोनाको कारण प्रभावित भएपछि अहिले एक महिनाको समय दिएर सूचीकृत हुन भनेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेरोजगार व्यक्तिले आफ्नो विवरणसहित सम्बन्धित वडामा साउन ८ गतेदेखि भदौ ७ गतेसम्म निवेदन दिन सक्ने जनाएको छ। बेरोजगार व्यक्तिले आफ्नो सम्बन्धित वडामा गएर निवेदन दिन सक्नेछन्।

सबै पालिका र नगरपालिकालाई बेरोजगार व्यक्तिको विवरण संकलन गरेर बेरोजगार व्यक्तिको सूचीकरणको आवश्यक व्यवस्था गर्न अनुरोध गरिसकिएको मन्त्रालयले जनाएको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!