स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छलफल गर्न उपप्रधानमन्त्री पोखरेललाई लेखा समितिमा बोलाउने तयारी

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको विषयमा छलफलका गर्नका लागि लेखा समितिले उपप्रधानमन्त्री इश्वर पोखरेललाई बोलाउने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि खरिद गरिएका सामग्रीमा अनियमितता भएको विषयमा समितिमा छलफल चलिरहेको छ ।

छलफलकै क्रममा पोखरेललाई बोलाउने तयारी भएको समितिका सचिव रोजनाथ पाण्डेले जानकारी दिए । कोरोना सम्बन्धी स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता बारे छलफल गर्न पोखरेललाई बोलाउने तयारी भएपनि कहिले बोलाउने भन्ने टुंगो नलागेको सचिव पाण्डेको भनाइ छ ।

उपप्रधानमन्त्री पोखरेल कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरका संयोजक हुन् । लेखा समितिले चीनबाट खरिद गरिएको कोरोना रोकथाम तथा नियन्त्रयणसम्बन्धी स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै त्यसबारे जिम्मेवार अधिकारीहरुलाई बोलाएर छलफल गरिरहेको छ ।

प्रकाशित मिति: : 2020-07-15 12:04:40

प्रतिकृया दिनुहोस्