एकता महाधिवेशनसम्म प्रधानमन्त्री र अध्यक्ष ओली नै : सुवास नेम्वाङ

पहिलोपोष्ट

काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी(नेकपा)भित्र चर्किन थालेको विवादले असार १० गते यता चरम रुप लियो। पार्टीभित्र प्रधानमन्त्री केपी ओलीलाई कारवाही गरेर भए पनि हटाउनुपर्ने माग चर्को गरी उठ्यो। केही समय यता पार्टीभित्रको बहस नदेखिए पनि विवादले भुसको आगोको रुप लिन भने छाडेको छैन। 

यसपटक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल वारपारको मनस्थितिमा छन्। यद्यपि नेकपाका केही नेताहरु भने नेकपाभित्रको विवाद थामिएको आँकलन गर्न थालेका छन्। कार्यकर्ता तहमा जारी बहसले भने त्यस्तो संकेत गर्दैन।

दुई पार्टीको एकीकरणदेखि सक्रिय रहेका नेता सुवास नेम्वाङ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली निकट हुन्। सरकारलाई अप्ठेरो पर्दा ओली समूहमा काँध थाप्ने नेताका रुपमा चिनिन्छन् उनी। कानुनका जानकार तथा सभामुखको जिम्मेवारीसमेत सम्हालिसकेका उनी अहिले पनि पार्टीभित्रको समस्या समाधानका लागि सक्रिय रुपमा लागेका छन्। नेकपा संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङसँग यही सेरोफेरोमा रहेर प्रकाश भण्डारी र कुञ्जरमणि भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :

प्रकाशित मिति: : 2020-07-15 09:42:19

प्रतिकृया दिनुहोस्