मयूर यातायातले भोलिदेखि सबै बस चलाउने

लकडाउनयता सोमबारदेखि बस चलाउन थालेको मयूर यातायातले बुधबारदेखि सबै बस सञ्चालन गर्ने भएको छ।

४४ वटा बस रहेको मयूर यातायात कम्पनीले आफ्ना सबै बस चलाउन चालक र सहचालकलाई तयारी अवस्थामा राखेको छ । कम्पनीका सञ्चालक राज श्रेष्ठका अनुसार कोरोेना भाइरसको जोखिम बढ्दै गएकाले चालक र सहचालकको सुरक्षाकाे लागि पीपीई सेट उपलब्ध गराइने भएको छ। 

लकडाउनकाे कारण काठमाडौं बाहिर राेकिएका बसलाई पनि काठामाडौं ल्याइएकाे कम्पनीले जनाएकाे छ । 

सोमबार पाँच वटा बस चलाएको मयूरले मङ्गलबार ११ वटा बस चलाएको छ। बस चढ्दा मास्क अनिवार्य लगाउन पनि यात्रुलाई यातायात व्यवसायीको आग्रह छ। गएको

२३ गते मन्त्रिपरिषद्को बैठकले सुरक्षा सावधानी अपनाएर सार्वजनिक बस चलाउने निर्णय गरेपछि उपत्यकामा थोरै सङ्ख्यामा भए पनि सार्वजनिक बस चल्न थालेका छन् । 

प्रकाशित मिति: : 2020-07-14 17:34:57

प्रतिकृया दिनुहोस्