थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

मंगलबार नेपालमा थप ११६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ।

गत २४ घण्टामा ३४ जना डिस्चार्ज भएका छन् भने आजसम्म डिस्चार्ज हुनेको संख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना संक्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको छ। ६ हजार ६ सय ९५ जना संक्रमित हाल आइसोलेनसनमा रहेका छन् । हाल क्वारेन्टिनमा २४ हजार ७ सय १६ जना छन् ।

प्रकाशित मिति: : 2020-07-14 16:27:33

प्रतिकृया दिनुहोस्