छुटसहितका सुविधा दिन सरकार तयार भएपछि सार्वजनिक यातायात खुल्ने

लकडाउनको कारण करीब तीन महिनादेखि ठप्प रहेका सार्वजनिक यातायात सञ्चालन हुने भएको छ।

सरकार , यातायात मजदुर र यातायात व्यवसायीबीच सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा भएको वार्ता सकारात्मक भएपछि चाडै गाडी चलाउने यातायात व्यवसायी एवम मजदुर नेताले बताएका छन्।

सोमबार सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री र यातायातसम्बन्धी सरोकारवालासँग भएको वार्ता सकरात्मक भएको नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष भीम राई ज्वालाले बताए।

यातायात मजदुरको नियमित स्वास्थ्य परीक्षण, कोरोना बिमा गर्ने र व्यवसायीको तर्फबाट पनि सहयोग हुने सहमति गरी यातायात सञ्चालन गर्न लागिएको अध्यक्ष राईले बताए। यातायात व्यवसायीको लागि बैंकको किस्ता तत्कालको लागि स्थगन गर्ने र पुनः कर्जाको माग भएको भन्दै राईले सवारी साधनको कागजात नवीकरण गर्न समयसमेत सरकारले दिने भएपछि गाडी चलाउन वातावरण बनेको बताए।

प्रकाशित मिति: : 2020-07-14 13:59:46

प्रतिकृया दिनुहोस्