नाराचिका छन्दमा एक गजल शैलीको कविता-
ढोका खुलाछ पूर्वको।
गाथा छ पूर्व पूर्वको।
लोभिन्छ आज पश्चिम
मस्तिष्क त्यो अपूर्वको।
सौभाग्य खूब मान्दछु
मान्छे भएँ म पूर्वको।
जन्मेर आउनै परे
पाऊँ निवास पूर्वको।
विज्ञान भौतिकी पनि
चेलो छ आज पूर्वको।
खोजेर जन्म जन्ममा
लाग्दैन पार पूर्वको।