निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ। 

राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी नेपालबीच एकता भएर बनेको जसपाले औपचारिक रूपमा आधिकारिकता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । 

उनले आन्तरिक तयारी सकेर आज वा भोलि जसपालाई दल दर्ताको प्रमाणपत्र दिने बताए।

सरकारले केही समयअघि दल विभाजन गर्न सजिलाे हुने गरी ल्याएको अध्यादेशसँगै राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टीबीच एकता अघि बढेको थियो । 

यी दुई दलले एकताको प्रक्रिया पुऱ्याई निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए । आयोगले आवश्यक कानुनी प्रक्रिया पूरा भएपछि दल दर्ताको मान्यता दिएको हो । 

प्रकाशित मिति: : 2020-07-09 12:54:40

प्रतिकृया दिनुहोस्