नागरिकता विधेयक अलपत्र : के ओली पनि रोटीबेटीकै लाइनमा हो?

पहिलोपोष्ट

काठमाडौँ

नेत्र तामाङ

असार महिना रोपाईको सिजन। मानिसहरु खेतबारीमा झुम्मिने बेला हो यो। तर, उनीहरु अहिले सडकमा उत्रिरहेका छन् - कोही सरकारको समर्थनमा त कोही विरोधमा।

कोरोना महामारी रोक्न देश लकडाउनमा छ। तर, जनतालाई बाध्यता छ, आन्दोलनमा उत्रन। कोही काम गरी खान देउ भन्दै सडकमा उत्रेका छन्। कोही सरकारले कोरोना रोकथाम गर्न सकेन भनेर सडकमा उत्तानो परेका छन्। कोही अनशनमा पनि।

पछिल्लोपटक प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्ने थलोका रुपमा चिनिएको माइतीघर मण्डलमा बिहीवार भने उनको समर्थकको पाउ पर्‍यो। उनीहरु आफ्नै पार्टीका नेताहरुले राजीनामा मागेको ओलीको बचाउमा 'उफ्रिन' पुगेका रहेछन्। किनभने केपी ओलीले यसअघि त्यहाँ विरोध गर्न जानेलाई 'उफ्रिन गएका' भन्दै आएका थिए। त्यहाँ पुग्नेहरुको नारा थियो, 'भारतीय दलाल होसियार, सरकार ढाल्न पाइँदैन।'

प्रकाशित मिति: : 2020-07-04 08:49:28

प्रतिकृया दिनुहोस्