बिएल संवाददाता
चीनले क्वारेन्टाइन अवधिलाई १४ बाट दोब्बर बनाउँदै २८ दिन पुर्याएको छ। कोराेना भाइरसविरुद्धको अभियानलाई प्रभावकारी बनाउन यस्तो निर्णय लिएको ग्लोबल टाइम्सले जनाएको छ।
बेइजिङको फंगाथाइ जिल्लाका भेडाबाख्रा तथा गाइको मासु बिक्री गर्ने बजारका कामदार र उनीहरुको सम्पर्कमा रहेकाहरुलाई २८ दिन क्वारेन्टाइनमा राख्ने घोषणा गरिएकाे हाे।
सोमबार १४ दिन क्वारेन्टाइनमा राखिएपछि उनीहरुको न्युक्लिक एसिड टेस्ट गरिएको र थप १४ दिन क्वारेन्टाइनमा राखिने जनाइएकाे छ।
बेइजिङमा देखिएका संक्रमितहरु मध्ये ३३.८ प्रतिशत मासु बजारका कामदार हुन्।
पछिल्लोपटक बेइजिङको सिनफादी बजारबाट फैलएकाे कोरोना भाइरस वुहानबाट सुरु भएकोभन्दा थप भयानाक हुने चीनको स्वास्थ्य आयोगका विज्ञ सि क्वाछिङले जनाएका छन्।
उनले संक्रमण पुष्टि भएकाहरुमा लक्षण नभएका कारण उनीहरुमा काेराेना भाइरस भएको अनुमान गर्न गाह्रो भएकोसमेत बताएका छन्।
'कतिपय व्यक्तिहरुमा अघिल्लो परीक्षणमा नेगेटिभ रिपोर्ट आएको थियो। नेगेटिभ न्युक्लिक एसिड टेस्ट नेगेटिभमा मात्र भर पर्न सकिने देखिएन। पछिल्लो १४ दिन उनीहरुले कुनै लक्षण पनि देखाएनन्। उनीहरुलाई यसै बाहिर छाड्दा संक्रमण बढ्न सक्ने देखियो,' उनले भने।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया