सल्यान आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन्।
घरमा कोही नभएको मौका छोपी छोरीलाई बलात्कार गरेको आराेपमा शारदा नगरपालिकाका ३९ वर्षीय पुरुषलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ
प्रहरीका अनुसार काठमाडौंमा आफन्तकहाँ बस्दै आएकी बालिका कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनको समयमा घर आएकी थिइन्।
गत वैशाखमा घर पुगेका उनलाई विभिन्न त्रासमा पारेर बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताए।
पक्राउ परेका व्यक्तिमाथि जबरजस्ती करणी र हाडनातासम्बन्धी मुद्दा दर्ता गरिएकाे छ।
ती व्यक्तिलाई अदालतबाट १० दिनको म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।