सलहलाई लठ्याउन अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत बजाउँछाैं: मन्त्री भुसाल

कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सलहलाई लठ्याउने गीत बजाउने तयारी भइरहेको बताएका छन्।  उनले गीत र संगीतको मध्यमबाट पनि सहललाई नियन्त्रण गर्ने जानकारी पाएको भन्दै उक्त कुराको जानकारी दिएका हुन्।

सिन्धुलीमाढीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले भने, ‘मलाई अस्ट्रेलियामा बस्ने भाइले फोनमा सलह कीरा नियन्त्रणका लागि गीत र संगीत प्रभावकारी हुने भनेका छन्। ‘सलह कीरा कक्रक्कै हुने’ अमेरिकी हेभी मेटल म्युजिक ब्यान्डको गीत प्रयोग गर्न सकिन्छ। अहिले हामीले त्यस्ता गीतहरु संकलन गर्छौं।’ 

सलहले नियन्त्रणका विषयमा मन्त्रालय, प्रदेश र स्थानीय तहहरूले के–के गर्ने भनेर चाँडै निर्देशिका बनाइने पनि उनले बताए। यस्तै उनले स्थानीय तहले सलह नियन्त्रण गर्न सक्ने अवस्था नभएर ठूलो क्षति हुन थाले केन्द्रले बजेट पठाउने पनि बताएका छन्।

‘अहिलेसम्म त्यति ठूलो झुण्डमा नभएका कारण स्थानीय तहले नै नियन्त्रण गर्न सक्ने अवस्था छ,’ उनले भने, ‘धेरै फैलिएर केन्द्रबाटै नियन्त्रण गर्न पालिकालाई सगाउँछौं।’

मन्त्री भुसालले प्रदेश ५ सरकारले सलह किलोको २० रुपैयाँ र प्रदेशसभा सदस्यले एक सय रुपैयाँ दिन्छु भनेर बढाबढ गर्नु सुखद पक्ष भएको बताए।

प्रकाशित मिति: : 2020-06-29 10:14:47

प्रतिकृया दिनुहोस्