महामारी बेला हिमालको कुनामा बस्ने हामी आदिवासी

सेतोपाटी

काठमाडौँ

ङिमा ग्याल्जेन गुरुङ

मेरी आमा ५७ वर्षकी हुनुहुन्छ। उहाँ १८-१९ वर्षको हुँदा माथिल्लो डोल्पामा बिफर फैलिएको थियो। स्थानीयहरू बिफरलाई 'पागा' वा 'थर्ने' भन्थे। त्यति बेला महामारीले धेरै बच्चाहरू र डोल्पो समुदायका वृद्ध सदस्यहरूको ज्यान लिएको उहाँ सम्झनुहुन्छ।

'म पनि पागाको सिकार भएँ। नातेदार पर्ने एक जना दिदीको त ज्यानै गयो,' आमा भन्नुहुन्छ, 'पच्चीस वर्षअघि तिम्रो जेठो दाइ नोर्बुलाई काठमाडौं लगेपछि बल्लतल्ल बाँचे।'

कोरोना महामारीले विश्वलाई नै आक्रान्त पारेको छ। हाम्रो डोल्पा भने यस्ता धेरै महामारीले धेरैचोटि थला पर्दै आएको छ। नेपालकै अरू ठाउँका मान्छेलाई सामान्य लाग्ने रोगले पनि डोल्पामा ज्यान लिन्छ।

लगभग छ-सात वर्षअघि डोल्पोको तिन्जे गाउँमा चार जना बच्चाले लगालग ज्यान गुमाए। यहाँ रूघाखोकीले नै कयौंको मृत्यु हुन्छ। तर, डोल्पो समुदायले लामो समयदेखि झेल्दै आएको 'प्राणघातक' रूघाखोकीको कारण के हो भन्ने कसैलाई थाहा छैन। नेपाल सरकार यसबारे पूर्णतया अञ्जान छ, किनभने सरोकारवालाहरूले यसको कारण पत्ता लगाउने चेष्टा गरेका छैनन्।

प्रकाशित मिति: : 2020-06-26 19:34:16

प्रतिकृया दिनुहोस्