कोरोना भाइरसको महामारीका कारण विभिन्न देशमा अलपत्र नेपाली नागरिकमध्ये शुक्रबार ८९४ जना काठमाडौं आइपुगेका छन्।
शुक्रबार बहराइन, कुवेत, मलेसिया र युएईबाट नेपालीहरूको उद्धार गरिएको कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले जनाएको छ।
सिसिएमसीका अनुसार बहराइनबाट २७०, मलेसियाबाट ३०६, युएईबाट १५८ र कुवेतबाट १६० जना नेपाली काठमाडौं आइपुगेका हुन्।
काठमाडौं आइपुगेका सबैलाई नेपाली सेनाले व्यवस्थापन गरेको होल्डिङ एरियामा लगेर स्वास्थ्य परीक्षण थालिएको सिसिएमसीले जनाएको छ।