एमसिसीको गलपासो र रक्षात्मक ओली

थाहा खबर

काठमाडौँ

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले 'पार्टी नै प्रतिपक्ष भएर सरकारलाई घेराबन्दी गरेको' जिकिर  गरे। आफूले नेतृत्व गरेको सरकारको कार्यशैलीदेखि व्यक्तिगत अभिव्यक्तिसम्मका कारण पार्टी विवादित बन्दै जाँदा ओलीले यसप्रति गम्भीर नभएको छनक देखाए।

बुधबार बसेको बैठकमा ओलीले भनेका थिए, ​'राष्ट्रियताको मुद्दामा हामीले दह्रोसँग खुट्टा टेकेका छौं, भारतले भूमि मिचेको क्षेत्रमा हामीले सुरक्षाकर्मीको टिमहरूलाई विस्तार गरेका छौं, मिचिएको भूमितर्फ जाने सडक र बाटो पनि बनिरहेको छ, तर हामीले काम गर्दा गर्दै पार्टी नै प्रतिपक्ष जस्तो भइदियो, पार्टी प्रतिपक्ष भएकाले हामीलाई काम गर्न समस्या भएको छ।'
 

प्रकाशित मिति: : 2020-06-26 18:45:57

प्रतिकृया दिनुहोस्