हिन्दू धर्ममा किन चढाइन्छ सूर्यलाई जल ?

हिन्दू धर्ममा वेद, पुराण र ग्रन्थहरूको महत्त्व बताइएको छ । यी ग्रन्थहरूले हामीलाई सही मार्गप्रदर्शन गर्छन् । यी शास्त्रहरूमा दिनदिनै बिहानीपख सूर्यलाई जल चढाउनुपर्ने उल्लेख गरिएको छ ।

सूर्य सबै ग्रहका स्वामी हुनुहुन्छ र सूर्यलाई नियमित जल चढाउँदा उहाँ प्रसन्न हुनुहुन्छ र उहाँको कृपा पाइँदा जीवनमा सुखशान्ति प्राप्त हुन्छ । यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा शरीर रोगहरूबाट मुक्त हुन्छ ।

शास्त्रको अनुसरण गरेर सूर्यलाई जल चढाउनु उचित छ अनि यसको वैज्ञानिक कारण पनि छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सूर्य एक तारा हो । यो आगोको एक गोला हो । सूर्यको प्रकाश धर्तीमा परेपछि दिनको शुरुवात हुन्छ ।

मनुष्य लगायत सबै जीवजन्तु र रुखबिरुवालाई जीवित रहनका लागि सूर्य आवश्यक हुन्छ । ऊर्जाको महत्त्वपूर्ण स्रोत हो यो । सूर्यको ऊर्जा नहुने हो भने बोटबिरुवाले भोजन नै पाउँदैनन् ।

प्रकाशित मिति: : 2020-06-25 08:05:51

प्रतिकृया दिनुहोस्