लकडाउनमा जमेको व्यापार- १३ हजार डेलिभरी, डेढ करोडभन्दा बढीको कारोबार

सेतोपाटी

काठमाडौँ

सुनिता सिटौला

झन्डै तीन महिनाको कोरोना लकडाउनले धेरैलाई व्यवसाय चलाउन हम्मे परेको छ, ज्ञानेन्द्र खड्का भने यही बेला बजारमा चिनिएका छन्।

उनले त्यस्तो के गरे, जसले लकडाउनबीच पनि उनको व्यवसाय सुस्ताएन, बरू अझ फस्टायो?

खड्काले यो फड्को मारेका हुन्, आफ्नो इ-कमर्स कम्पनीबाट। उनले गत वर्ष नै उक्त कम्पनी दर्ता गरेर सफ्टवेर निर्माणको काम अघि बढाएका थिए। सन् २०२० अप्रिलबाट औपचारिक रूपले कारोबार थाल्ने योजना थियो, त्यही बेला लकडाउन भइदियो।

'अरू सबै व्यवसाय बन्द गरेर बसे,' खड्काले भने, 'मैले त्यसैलाई अवसर बनाएर अप्रिल पहिलो साताबाटै काम सुरू गरेँ।'

प्रकाशित मिति: : 2020-06-24 08:37:05

प्रतिकृया दिनुहोस्