चीनमा मारिँदैछन् पाँच किलोसम्म तौल हुने यी मुसा, शक्ति बढाउन खाने गरिन्छ

रातोपाटी

काठमाडौँ

कोरोनाको डरले पेन्गोलिन र अन्य दुर्लभ जनावरमाथि प्रतिबन्ध लगाएपछि चीनमा अब करिब डेढ फुट लामो ब्याम्बो र्याट्स मारिँदैछन् । चिनियाँ सरकारले देशमा जंगली जनावरको व्यापार गर्न र यसलाई खान प्रतिबन्ध लगाइदिएको छ ।

डेली मेल र द ग्लोबल टाइम्सका अनुसार कोरोनाको संक्रमण फैलाउनमा यी मुसाले सघाउ पुर्याइरहेको भन्दै देशले यस्तो कदम उठाएको हो । यहाँको हुबेई प्रान्तको एउटा फार्ममा पहिलो खेपमा १.६ टन मुसा गाडेर मारेको भिडियो सार्वजनिक भएको छ ।

ब्याम्बो र्याट्स एक विशेष प्रकारको मोटा मुसा हुन् । यहाँका जनताले यो खाँदा विशेष रुमा शक्ति बढ्ने र यसमा अत्यधिक पोषक तत्व हुने मान्यता राख्छन् । चिनियाँ चिकित्सामा पनि यसलाई अत्यधिक मात्रामा प्रयोग गरिन्छ ।

प्रकाशित मिति: : 2020-06-24 08:32:00

प्रतिकृया दिनुहोस्