शनिबार, १२ जुलाई २०२५

काेराेना परीक्षण गर्नेकाे संख्या बढेपछि गृहले भन्याे– उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नू

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2020-06-23 18:53:14
News Image
• • •

गृह मन्त्रालयले बाहिरबाट काठमाडौं उपत्यका भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ।

पछिल्लो समय भाडामा बस्नेहरू उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएकाे भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन्।

पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ।

मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका आउने मानिसहरूलाई पीसीआर परीक्षण गर्न अनावश्यक दवाब नदिन आग्रह गरेका थिए।

डा. गौतमले यसका लागि गृह मन्त्रालयमार्फत् उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरिएको बताएका छन्।


 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?