बैंककबाट स्वदेश फर्किएकी हिमानी र उनका छाेरा क्वारेन्टाइनमा

पूर्वयूवराज्ञी हिमानी शाह तीन महिना थाइल्यान्ड बसेर मंगलबार स्वदेश फर्केकी छन्। 

बैंककमा अध्ययनरत छोराछोरीहरु भेट्न गएकी उनी लकडाउनका कारण उतै अड्केकी थिइन्।

मंगलबार नेपाल एयरलाइन्सको विमानले थाइल्यान्डमा रहेका नेपालीहरुलाई स्वदेश फर्काएको थियो। सोही बिमानबाट हिमानी र उनका छोरा हृदयन्द्र पनि फर्केका हुन्।

दिउँसो ३ बजे त्रिभुवन विमानस्थलमा ओर्लिएपछि हिमानी र हृदयन्द्र होटल क्वारेन्टाइनमा बसेकाे त्रिभुवन विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले  बताए। उनका अनुसार क्वारेन्टाइनकाे व्यवस्था नेपाली सेनाले गरेकाे हाे।  

हिमानीका दुई छोरीहरु पूर्णिका र कृतिका भने उतै बसेका छन्। उनीहरुको कलेज खुलिसकेको छ। 

प्रकाशित मिति: : 2020-06-23 17:47:40

प्रतिकृया दिनुहोस्